पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव असोजमा हुने

 भदौ १, २०७९ बुधबार १२:५६:१४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

फाइल फाेटाे

ताप्लेजुङ –  हिमाली जिल्ला ताप्लेजुङका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने भएको छ । 

आगामी असोज ११ गतेबाट १३ गतेसम्म तीन दिनसम्म म्याराथन तथा महोत्सव सञ्चालन हुने भएकोे पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका तथा महोत्सब सञ्चालन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताउनुभयो । उहाँले जिल्ला तथा नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचार प्रसार तथा पर्यटकीय स्थानहरुको पहिचानको लागि पनि महोत्सवको अयोजना गरिएको बताउनुभयो । 

वि.स. २०६३ सालदेखि सञ्चालन भएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव कोरोनाका कारण २ वर्षसम्म हुन सकेन । यो महोत्सवमा खुल्ला म्याराथन तोक्मेबाट सुरु भइ ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङ स्थित तोक्मेमा आएर पूरा हुने गरेको छ । यस्तै महिला हाफ म्याराथन भने तोक्मेडाँडाबाट सुरु भइ काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङ स्थित तोक्मेमा आएर पूरा हुन्छ । 

यस म्याराथन तथा पर्यटन महोत्सवमा विभिन्न कार्यक्रम गरिने भएको छ । कार्यक्रमको पहिलो दिन अर्थात् असोज ११ गते बिहान बजारमा कलस यात्रा गरिने छ । त्यसपछि कृषिमेला प्रर्दशनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, पिलो फाईट(सिरानी बोकेर फाईट खेल्ने), हाडी फुटाई, मेयरकप भलिबल प्रतियोगिता शुरु, लोक सांस्कृतिक कार्यक्रमहरु गरिने आयोजक समितिका अध्यक्ष तारानाथ घिमिरेले बताउनुभयो ।  

महोत्सवको दोश्रो दिन अर्थात आसोज १२ गते पर्यटन प्रबर्द्धन सम्बन्धी अन्तरक्रिया, खाध्य परिकार महोत्सव, कृषिमेला, प्याराग्लाइडिङ, रक क्लाईमिङ तथा साईक्लिनिङ्, फुङफुङ्गे झरना अवलोकन, भाले झार्ने, पर्यटकीय क्षेत्र बृत्त चित्र प्रर्दशनी लगायतका कर्यक्रम रहेका छन् । 

त्यस्तै असोज १३ गते महोत्सवको मुख्य आकर्षक म्याराथुन दौड तोक्मे देखि पाथीभरा मन्दिर सम्म हुने महोत्सव संयोजक घिमिरेले बताउनुभयो । त्यस्तै महिला हाफ म्याराथन तोक्मेदेखि काफ्लेपाटीसम्म हुने छ । साथै विभिन्न कार्यक्रमका साथ महोत्सबको समापन कार्यक्रम रहेको समेत घिमिरेले बताउनुभयो । पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव सञ्चालनका लागि करिब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया