पार्टी पहिले जस्तो छैन, व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन देखियो : प्रचण्ड

 भदौ २, २०७९ बिहीबार १०:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पहिलेको जस्तो नरहेको बताउनु भएको छ ।

बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताउनुभयो । अहिले  क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको उहाँको भनाइ छ ।

उहाँले सामूहिक भावनाद्वारा अघि बढ्नेभन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको भन्दै गुनासोसमेत गर्नुभयो । पार्टीका नेताहरुको बोली क्रान्तिकारी भए पनि व्यवहार, आचरण र दैनिकीमा त्यो नरहेको प्रचण्डको आरोप छ । पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरविरोधलाई हल गर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी पनि गर्नुभयो । त्यसका लागि सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया