४ वर्षदेखि भन्सार कार्यालय बन्द

 भदौ २, २०७९ बिहिबार १७:०:२० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ओलाङचुङगोला भन्सार कार्यालय

ताप्लेजुङ – हिमाली क्षेत्रबाट विभिन्न सामाग्री निकासी गर्न राजस्व सङ्कलनका लागि स्थापना भएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ मा रहेकाे ओलाङचुङगोला भन्सार कार्यालय चार वर्षदेखि बन्द छ । 

भन्सार कार्यालयमा एक खरिदार र एक कार्यालय सहयाेगी गरी दुई जनाको दरबन्दी भए पनि रिक्त रहेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले बताउनुभयो । कोरोना सङ्क्रमण सुरु हुनुभन्दा दुई वर्ष अगाडिदेखि नै बन्द रहेको भन्सार कार्यालयमा तीन वर्ष देखि कर्मचारी नहुँदा पनि खाेलाउनका लागि सम्बन्धित निकायबाट पहल भएको छैन । महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार यस कार्यालयले चार वर्ष अगाडि १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेकाे थियाे । कार्यालयको खर्च भने १७ लाख ३५ हजार रुपैयाँ भएकाे थियाे ।

फक्ताङलुङ ७ का वडाध्यक्ष छेतेन शेर्पाका अनुसार चार वर्षअघिसम्म चीन र नेपाल दुवैतर्फ ठूलो परिमाणमा जडीबुटी, चौपाया र तयारी सामान आयात/निर्यात हुने गरेकाे थियाे । तर काेराेनाका कारण तीन वर्षदेखिकाे चीनकाे नाका बन्द भएकाले काराेबार नभएकाे र भन्सार कार्यालय पनि बन्द भएको हाे ।  

ओलाङचुङगोला हुँदै टिपताला नाकाबाट पूर्वका ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, धनकुटा र भोजपुरसम्मको जडीबुटीलगायत चौँरी, गलैँचा, राडीपाखी चीन निर्यात हुन्छ । चीनको सीमा क्षेत्र नजिक पर्ने ओलाङचुङगोला सदरमुकाम फुङलिङबाट गाडीमा एक दिन र त्यसपछि पैदल एक दिन हिँडेर मात्र पुग्न सकिन्छ ।  

अहिले नाका बन्द भएकाले कर्मचारीको खासै आवश्यक नभएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । यद्यपि कर्मचारीकाे व्यवस्थाका लागि सम्बन्धित निकायमा पहल गरिने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया