सांसद प्रदीप गिरिकाे निधनप्रति प्रतिनिधि सभामा शाेक प्रस्ताव पारित

 भदौ ६, २०७९ सोमबार १३:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आज साेमवार बसेको बैठकले प्रतिनिधि सभा सदस्य (सांसद) गिरिको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ ७ गते मङ्गलवार बिहान १० बजे बस्ने गरी बोलाइएको छ । 

यसअघि राष्ट्रिय सभाले पनि प्रतिनिधि सभा सदस्य गिरिको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक भदौ १२ गते आइतबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।

गिरिको उपचारका क्रममा गएकाे शनिवार राति साढे ९ बजे ललितपुरकाे नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

गिरि नेपाली कांग्रेस पार्टीबाट विसं २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । त्यस्तै विसं २०६४ र २०७० सालको संविधान सभा चुनावमा समानुपातिक तर्फबाट निर्वाचित हुनुहुन्थ्यो भने विसं २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया