जडीबुटी चोरी निकासी नियन्त्रणका लागि सशस्त्र बेस क्याम्पकाे माग

 भदौ १०, २०७९ शुक्रबार २०:११:१५ | केशवप्रसाद भट्टराई
unn.prixa.net

तिम्बुङ पोखरी क्षेत्रको दृश्य

ताप्लेजुङ – भारतसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा भएका बहुमूल्य जडीबुटी चोरी निकासी नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाइदिन सिदिङ्वा गाउँपालिकाले सरकारसँग माग गरेको छ । 

सीमावर्ती क्षेत्रहरूमा चोरी नियन्त्रणका लागि पालिकाले सुरक्षा व्यवस्थाका लागि स–शस्त्र बेस क्याम्पको माग गरेको गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताउनुभयो । तिम्बुङ पोखरी क्षेत्रमा सिक्किमबाट आएर बहुमूल्य जडीबुटी सङ्कलन गरी लाने गरेकाले सुरक्षाको व्यवस्थाका लागि गाउँपालिकाले माग गरेको हो । 

कालीखोलाको हिमाली क्षेत्रमा रहेका कुड्की, विख्मा, विसजरा, केन्जो (पदमचाल), जटामसी, यार्सागुम्बालगायतका जडीबुटीकाे निकासीका साथै कस्तुरी, मृग, रेडपान्डा र हिम चितुवा पनि चोरी सिकार हुने गरेको छ । आउँदो तीन महिनाका लागि हिमाली क्षेत्रमा सुरक्षाका लागि तीन जना स्थानीयवासीलाई पठाउने निर्णय गरिएको उपाध्यक्ष कडरियाले बताउनुभयो ।  

चोरी सिकारमा पालिकाको ध्यान गए जडीबुटी संरक्षणमा टेवा पुग्ने चोरी निकासी तथा चोरी सिकार नियन्त्रणको क्षेत्रमा धेरै समय बिताएका किशोरकुमार राईले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया