पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके – प्रहरी नियन्त्रणमा रहेको अवस्थामा गम्भीर बिरामी भई मृत्यु भएका बाँकेको जानकी गाउँपालिका ६ कपासीका राममनोहर यादवको घटनापछि डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले खुला कार्यक्रम गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा प्रहरीले शारीरिक तथा मानसिक यातना दिई यादवको हत्या गरेको दावी गर्दै गठबन्धनले परिवारको साथमा कार्यक्रम गरिरहेको छ । बिहीबार नेपालगञ्जमा गठबन्धनले पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा राम मनोहरका भाई विष्णुप्रसाद यादवबाहेक अधिकाँश गठबन्धनका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । गठबन्धनका नेता कैलाश महतोले यादव गठबन्धनको समर्थक मात्रै भएको दावी गरे ।
प्रशासनले भने शव बुझ्नका लागि परिवारलाई आग्रह गरेको जनाएको छ ।
गएको भदौ ७ गते उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बर्दियामा भएको कार्यक्रममा कालो झण्डा देखाएको भन्दै यादवसहित ४ जनालाई
प्रहरीले पक्राउ गरेको थियो ।
हिरासतमा रहेको अवस्थामा यादव बिरामी भएपछि भेरी अञ्चल अस्पताल हुँदै राजधानीको शिक्षण अस्पतालमा उपचार भइरहँदा यादवको निधन भएको हो ।
भदौ १५ गते मृत्यु भएपछि यादवका परिवारले अहिलेसम्म शव बुझ्न मानेका छैनन् । गठबन्धनले अधिकार सम्पन्न न्यायिक छानबिन समिति गठन गर्नुपर्ने, शहीद घोषणा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, सन्तानको शिक्षादीक्षासहित परिवारको सम्पूर्ण स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
यादवको हत्या गरिएको दावी गर्दै हत्यामा संलग्न उपप्रधानमन्त्री उपेन्द्र यादव फोरमका नेता कृष्णप्रसाद यादवसहित बर्दियाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कानुनी कारबाहीको मागसमेत गरेको छ ।
राम मनोहरका परिवारका तर्फबाट आयोजना गरिएको भन्दै पत्रकारलाई खबर गरिएको भएपनि डा. राउतको तस्बिरअंकित ब्यानरसहित पत्रकार सम्मेलन भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।