ताप्लेजुङका नौ वटा पालिकामध्ये दुई वटाले मात्रै आफ्नो प्रशासनिक भवन निर्माण सम्पन्न गरे

 भदौ ११, २०७९ शनिबार १७:९:४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

सिरिजङ्घा गाउँपालिकाकाे नवनिर्मित भवन

ताप्लेजुङ – ताप्लेजुङका नौ वटा पालिकामध्ये दुई वटाले मात्रै आफ्नो प्रशासनिक भवन निर्माण सम्पन्न गरेका छन् । सदरमुकाम समेत रहेको फुङ्लिङ नगरपालिकाले सात करोड ६६ लाख रुपैयाँ लागतमा २४ कोठे भवन निर्माण गरेको छ ।

यस्तै सिरिजङ्घा गाउँपालिकाले  पाँच करोड ९४ लाख रुपैयाँको लागतमा प्रशासकीय भवन निर्माण सम्पन्न गरेर सेवा प्रवाह सुरु गरेको छ ।  बाँकी सातवटा पालिकाले आफ्नो प्रशासनिक भवन बनाउन सकेको छैनन् । पाथीभरा याङ्वरक, मेरिङ्देन र फक्ताङ्लुङ गाउँपालिले भवन निर्माण गर्न सुरु गरेको बताएका छन् । यस्तै, आठराई त्रिबेणी, मिक्वाखोला, सिदिङवा र मिक्वाखोला गाउँपालिकाले भर्खर मात्र भवन निर्माणको प्रक्रिया सुरु गरेको जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया