ताप्लेजुङमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गयाे

 भदौ १३, २०७९ सोमबार १०:४५:१४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

साङ्केतिक तस्बिर

ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका-१ नाङ्खोल्याङमा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ । 

गएराति अरिङ्गाल झार्न गएका २८ वर्षीय खेमराज बर्देवाको अरिङ्गालले चिलेर ज्यान गएकाे जिल्ला प्रहरी प्रमुख डीएसपी कैलाश राईले बताउनुभयो । 

‘अरिङ्गाल बडरको रुखमा रहेछ । बडरको रुखमा चडेर अरिङ्गाल झार्न थालेपछि गोलो नै उहाँमाथि खनिएर टोक्दा रुखबाट तल झर्नुभएछ ।’ डीएसपी राईले भन्नुभयो  ‘अरिङ्गालले चिलेर धेरैको ज्यान गएको छ, अब जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने अवस्था देखिएको छ ।’ 

मृतक बर्देवाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएकाे उहाँले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया