विद्यार्थी लक्षित ट्राफिक जाँच : कागजपत्र साथमा नभएका ७ जना चालक कारबाहीमा

 भदौ १४, २०७९ मंगलबार १८:४७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा स्कुल, कलेजका विद्यार्थी सुरक्षा लक्षित जाँच अन्तर्गत आज मङ्गलवार दुई सय ४८ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

बिहान ५ बजेदेखि ८ बजेसम्म गरिएको जाँचका क्रममा कागजपत्र साथमा नभएका सात जना विद्यार्थी चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभएको छ ।

जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य दुई सय ४१ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ । जसमध्ये बिहानै जाँड–रक्सी खाएर गाडी चलाउने तीन जना चालक पनि रहेका छन् । नयाँ बसपार्क क्षेत्रबाट बा ३ ख १००३ नम्बरको बस चालक, बा १ ज ८१ ८१ नम्बरको माइक्रोबसका चालक र दरबारमार्ग क्षेत्रबाट बा ४ ख ८०५९ नम्बरको ट्रक चालकलाई जाँड–रक्सी खाएर गाडी चलाएको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको हो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया