शेयर बजार आज पनि घट्यो, कारोबार रकम घटेर ६९ करोड रुपैयाँमा झर्‍याे

 भदौ १७, २०७९ शुक्रबार १३:५४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज शुक्रवार पनि घटेको छ । हिजो बिहीवार एक दशमलव शून्य आठ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ६७ अङ्कले घटेर एक हजार नौ सय ७० दशमलव ६३ अङ्कमा झरेको छ । 

आज जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर सामान्य बढेको छ भने निर्जीवन बीमा र उत्पादन समूहको शेयर २० अङ्कभन्दा धेरैले घटेको छ । 

नेप्से घटेकाे दिन काराेबार रकम पनि घटेकाे छ । दुई सय १९ वटा कम्पनीकाे १८ लाख एक हजार कित्ता शेयर ६९ करोड ८८ लाख रुपैयाँमा कारोबार भएकाे छन् । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड चार लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरै घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट माइक्रोफाइनान्स र रुरु जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया