अर्थतन्त्रका सूचक सकारात्मक बाटोमा गए, अब सुधार हुन्छ : अर्थमन्त्री शर्मा

 भदौ १८, २०७९ शनिबार १०:५७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका सूचकहरुमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औँ वार्षिक साधारणसभालाई संबाेधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय तरलताको समस्या कम हुँदै गएको र रेमिट्यान्स पनि बढ्दै गएको बताउनुभयो ।

उहाँले तरलतामा देखिएको सुधाराेन्मुख अवस्था तथा रेमिट्यान्स बढ्न थालेकाले अर्थतन्त्र सुधारतर्फ जान लागेको बताउनुभयो । अहिले विदेशी विनिमय सञ्चितिमा पनि सुधार भएको उहाँको भनाई छ । गएको आर्थिक वर्षमा समयमै बजेट खर्च हुन नसकेकोतर्फ पाठ सिकेर अहिले अर्थमन्त्रालय र मातहतका निकायले बेलैमा पहल थालेको पनि उहाँको दाबी छ ।

अर्थमन्त्री शर्माले नेपाल श्रीलंका हुन्छ भन्ने नकारात्मक हल्लाकाबीच बेलैमा होसियारी अपनाउँदा अवस्था त्यस्तो हुन नगएको र अर्थतन्त्र थप बिग्रन नदिएको समेत बताउनुभयो । अब अर्थतन्त्र लयमा आउने आफूले विश्वास गरेको र देशभित्र लगानीमैत्री वातावरण बन्दै गएको उहाँको दाबी छ । साथै अर्थमन्त्री शर्माले उद्योगीलाई लगानी गर्न पनि आग्रह गर्नुभएको छ । 
 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया