अर्थतन्त्र सुधारको बाटोमा छ, अझै पनि सजग हुनुपर्छ : गभर्नर अधिकारी

 भदौ १८, २०७९ शनिबार ११:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा रहेको तर अझै पनि सजग हुनुपर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिक साधारण सभामा गभर्नर अधिकारीले अहिले बाह्य श्रम बजार खुल्दै गएको, रेमिट्यान्स केही बढेको, पर्यटन क्षेत्रमा सुधार तथा पर्यटक बढेको, निर्यातमा केही वस्तु बढेको र विद्युतको पनि निर्यात भैरहेको अवस्थामा अर्थतन्त्र सुधारिन थालेको बताउनुभयो ।

उहाँले गएको वर्षदेखि नै नेपालको अर्थतन्त्र दबावमा रहनुको मुख्य कारण विदेशी विनिमय सञ्चिति घट्नु रहेको बताउनुभयो । गभर्नर अधिकारीले गएको बैशाखदेखि नै केही वस्तुको आयातमा रोक लगाएको भन्दै अवस्था हेरेर आयात खोल्ने तयारी रहेको पनि जानकारी दिनुभयो ।

‘अहिले अवस्था केहि सहज छ, उहाँले भन्नुभयो,‘ हिजोको अवस्थाबाट पाठ सिकेर तत्कालै आयात खुला गर्नु हुन्न ।’ उहाँले अहिले विश्व नै मूल्यवृद्धिको चपेटामा परेको यसले नेपालमा समेत असर पारेको बताउनुभयो । मूल्यवृद्धिका कारण अर्थमन्त्री र गभर्नरलाई दबाव बढेको उहाँको भनाइ छ । उहाँले अर्थतन्त्रबारेका सही आर्थिक सूचना नागरिकमाझ पुर्‍याउन जरुरी रहेकोमा पनि जोड दिनुभएको छ ।
 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया