शेयर बजार घटेकाे घट्यै, लगानीकर्ता निराश हुँदा १ अर्ब रुपैयाँको पनि कारोबार भएन

 भदौ २०, २०७९ सोमबार १५:१६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज साेमवार सामान्य घटेको छ । हिजो आइतवार सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २९ अङ्कले घटेर एक हजार नाै सय ७३ दशमलव शून्य एक विन्दुमा झरेको छ ।

आज उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । नेप्से घटेसँगै लगानीकर्ता निराश बन्दा कारोबार रकममा निकै कमी आएको छ । कुनै बेला एक दिनमै झन्डै २१ अर्ब रुपैयाँको कारोबार हुने गरेकोमा अहिले एक अर्ब रुपैयाँ पनि पुग्न मुस्किल देखिएको छ ।

आज दुई सय २४ वटा कम्पनीकाे २४ लाख ४४ हजार कित्ता शेयर ९० करोड ९९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोको नौ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आझ रुरु जलविद्युतको शेयर साढे ६ प्रतिशतले घटेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर भने साढे सात प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया