पीएम कप महिला क्रिकेट : 'सुपर–फाेर' मा आर्मीले सुदूरपश्चिमला...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज २१ दशमलव २२ अङ्कले घटेर एक हजार नौ सय ५१ दशमलव ७९ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेको छ । हिजो ९१ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २७ वटा कम्पनीकाे ३२ लाख नौ हजार कित्ता शेयर एक अर्ब १९ करोड सात लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको नौ करोड १४ लाख र रिडी हाइड्रोको नौ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सानिमा माई हाइड्रोको शेयर झन्डै साढे सात प्रतिशत र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि उन्नति सहकार्य लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।