लगातार चौथो दिन पनि घट्यो शेयर बजार, कारोबारमा छैन उत्साह

 भदौ २३, २०७९ बिहीबार १५:२८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव १३ अङ्कले घटेर एक हजार नौ सय ३७ दशमलव ७४ विन्दुमा झरको छ ।

आज बैंक, व्यापार, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्डको शेयर घटेको छ । अरू समूहको शेयर भने सामान्य बढेको छ ।

आज दुई सय २७ वटा कम्पनीकाे ३४ लाख एक हजार कित्ता शेयर एक अर्ब चार करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको १३ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्से सूचक घटेकाे दिन सामुदायिक लघुवित्तको शेयर साढे ६ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि ग्लोबल आईएमई लघुवित्तको शेयर साढे चार प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया