कमल खत्री र मेलिना मैनालीले गरे इन्गेजमेन्ट

 भदौ २६, २०७९ आइतबार १८:५४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : कमल खत्रीकाे फेसबुकबाट

काठमाण्डाै – गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आज आइतवार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मेलिनाले यसबारे जानकारी दिएकी हुन् । 

उनले फेसबुकमा लेखेकी छिन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार इन्गेजमेन्ट गरेका छौँ ।’

कमल र मेलिनाकाे प्रेम सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा हुँदै आएकाे थियाे । यी दुईले 'गुनगुनाउने बानी', 'म गीत हुँ तिम्रो' 'गुनगुनाउने बानी परेछ' बोलको गीतमा स्वर दिएका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया