लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम कायमै, आज प्रदेश-१ र वाग्मतीमा ठूलो वर्षाको सम्भावना

 असोज २, २०७९ आइतबार ७:३७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - आज प्रदेश-१ र वाग्मती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार आज हिजोको जस्तो अति ठूलो वर्षा हुने सम्भावना भने कम छ । तर, अति ठूलो वर्षा नभए पनि पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विशेषगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा जोखिम धेरै छ । लुम्बिनी प्रदेशमा अहिले पानी परिरहेको छ । यस्तै, आज राति पनि प्रदेश-१, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि पनि फेरि ठूलो वर्षाको सम्भावना छ । भोलि प्रदेश-१ र मधेस प्रदेशमा पनि ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिनमा र नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई विशेष सावधानी अपनाउन मौसमविद्को आग्रह छ । यस्तै, यात्रा गर्दा  पनि सडक र मौसमको अवस्थाबारे जानकारी लिन सुझाव दिइएको छ । 
 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया