देशका धेरै ठाउँमा घाम, दिउँसोपछि मधेस प्रदेश र प्रदेश-१ मा ठूलो वर्षाको सम्भावना

 असोज ३, २०७९ सोमबार ७:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - अहिले देशका धेरै ठाउँमा घाम लागेको छ ।

भारतको उत्तर प्रदेशमा बनेको मनसुनको न्यून चापीय क्षेत्र कमजोर भएकाले देशका धेरै ठाउँमा घाम लागेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो प्रणाली कमजोर भएसँगै हिजो अस्तिको जस्तो पानी पर्ने सम्भावना छैन । तर, आज दिउँसो पछि भने मधेस प्रदेश र प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  

प्रदेश-१ र मधेस प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया