बङ्गलादेशले बालबालिकाको सुरक्षाका लागि ६ हजार सामाजिक कार्यकर्ता भर्ना गर्ने

 असोज ४, २०७९ मंगलबार ६:५९:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशले बालबालिकाको सुरक्षाका लागि ६ हजार नयाँ सामाजिक कार्यकर्ता भर्ना गर्ने भएको छ ।

विस्तृत राष्ट्रिय घरधुरी सर्वेक्षणले १५ वर्षमुनिका ४ करोड ५० लाख बङ्गलादेशी बालबालिका घरमा शारीरिक र मनोवैज्ञानिक हिंसाको सिकार हुने गरेको प्रतिवेदन सार्वजनिक गरेपछि बालबालिकाको सुरक्षा सम्बन्धी प्रतिबद्धता आएको हो ।

राजधानी ढाकामा युनिसेफ र युरोपियन युनियनले संयुक्त रुपमा गरेको कार्यक्रमको प्रधानमन्त्री शेख हसिनाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभयो । बङ्गलादेशमा ३० लाखभन्दा धेरै बालबालिका बालश्रम गर्छन् । जसमध्ये १३ लाख बालबालिका जोखिमपूर्ण बालश्रम गर्न बाध्य छन् ।

बङ्गलादेशका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले नयाँ भर्ना गरिने सामाजिक कार्यकर्ताहरू बालबालिकालाई सबैभन्दा बढी आवश्यक पर्ने समुदायमा पुग्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया