आज सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असोज ४, २०७९ मंगलबार ८:२६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने राति यी दुई प्रदेशसहित गण्डकीका एक/दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

अहिले देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ भने केही ठाउँको मौसम सामान्य बदली भएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले त्यहाँ बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया