मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

 असोज ४, २०७९ मंगलबार ८:५१:२ | एजेन्सी
unn.prixa.net

मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन निकायका अनुसार प्रशान्त महासागरको तट मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर दक्षिणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

शक्तिशाली भूकम्पका कारण हजारौँ मानिस घर बाहिर निस्किएका अलजजिराले जनाएको छ । कम्तीमा एक जनाको ज्यान गएको विवरण प्राप्त भएको छ । मेक्सिको सहरका मेयर क्लाउडिया शेनबाउमले भूकम्पपछि राजधानीमा क्षतिको तत्काल कुनै रिपोर्ट आएको छैन ।

उद्धारको काम थालिएको छ । सन् १९८५ र २०१७ मा ठूला भूकम्प गएकैदिन फेरि भूकम्पले मेक्सिको सहर हल्लाएको छ । सन् २०१७ को सेप्टेम्बर १९ मा गएको भूकम्पमा ३ सय ५० जनाभन्दा धेरैले ज्यान गुमाएका थिए। त्यस्तै सन् १९८५ को भूकम्पले हजारौँको ज्यान लिएको थियो।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया