बल चम्काउन थुककाे प्रयाेगमा अब पूर्णरूपमा प्रतिबन्ध, यस्ताे छ आईसीसीकाे नयाँ नियम

 असोज ४, २०७९ मंगलबार १६:१७:१७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मङ्गलवार मुख्य कार्यकारी समिति (सीईसी) काे बैठकपछि क्रिकेट खेलकाे केही नियममा परिवर्तन गरेकाे छ ।

नियम परिवर्तनकाे सिफारिस साैरभ गांगुलीकाे नेतृत्वमा रहेकाे पुरुष क्रिकेट कमिटीले गरेकाे थियाे । पुरुष र महिला क्रिकेटमा याे परिवर्तन आउँदाे अक्टाेबर १ देखि लागू हुनेछ । यस्ता छन् परिवर्तन हुन लागेका नियम–

१. आईसीसीकाे नयाँ नियमअनुसार टी–२० मा जसरी अब एकदिवसीयमा पनि ब्याटर पहिलाे बल खेल्नका लागि तयार हुनुपर्नेछ । टी–२० क्रिकेटमा क्रिजमा रहेकाे ब्याटर आउट भएपछि नयाँ आउने ब्याटर पहिलाे बल खेल्नका लागि ९० सकेन्डभित्र तयार हनुपर्छ । अब एकदिवसीय र टेस्टमा याे समय दुई मिनेटकाे हुनेछ । यदि ब्याटर ताेकिएकाे समयमा पहिलाे बल खेल्नका लागि तयार भएन भने ऊ आउट हुनेछ । 

२. कोरोना भाइरसकाे सङ्क्रमण बढेपछि आईसीसीले बलमा थुक लगाउन प्रतिबन्ध लगाएकाे थियाे । अब याे प्रतिबन्ध सधैँका लागि लागू गरिएकाे छ । अब खेलाडीले बललाई थुक लगाएर चम्काउन सक्ने छैनन् ।

३. यदि कुनै ब्याटर क्याच आउट भयाे भने नयाँ ब्याटर नै स्ट्राइकमा आउनेछ । दुवै ब्याटरले क्याच हुनुअघि क्रिज परिवर्तन गरेकाे भए पनि नयाँ ब्याटरले नै अर्काे बल खेल्नेछ । 

४. ब्याटरले पिचभित्र रहेर बल खेल्नुपर्नेछ । यदि बल खेल्ने क्रममा ब्याटरकाे ब्याट या शरीर पिचबाहिर गयाे भने त्याे बलमा रन मानिने छैन । अम्पायरले त्याे बललाई डेड बलकाे संज्ञा दिनेछन् । यदि बलरले ब्याटरलाई पिचबाहिर जान बाध्य बनाए भने त्याे बललाई नाे बल दिइनेछ । 

५. यदि बलरकाे रनअपका क्रममा काेही खेलाडी जानीबुझी आफ्नाे ठाउँबाट सरे भने अम्पायरले टिममाथि ५ रनकाे पेनाल्टी लगाउनेछन् । 

६.म्यानकाडिङलाई अब अनुचित खेल खण्डबाट रन आउट खण्डमा सारिएकाे छ । अब म्यानकाडिङलाई सामान्य रन आउट नै मानिनेछ । 

७. यसअघि बलर क्रिजसम्म पुग्नुअघि नै ब्याटर अघि बढ्दा बलरलाई 'थ्राे' गरेर रन आउट गर्ने अधिकार हुन्थ्याे तर अब यसलाई डेड बलकाे संज्ञा दिइनेछ । 

८. सन् २०२२ जनवरीदेखि टी–२० क्रिकेटमा नयाँ नियम लागू भएकाे छ जसमा तय गरिएकाे समयमा ओभर सक्नुपर्ने हुन्छ । ओभर ढिलाे हुँदा फिल्डिङ गरिरहेकाे टिमले एक अतिरिक्त फिल्डर ३० गजकाे दायरामा ल्याउनुपर्ने हुन्छ । अब यही नियम एकदिवसीय क्रिकेटमा पनि लागू हुनेछ । याे नियम आईसीसी पुरुष क्रिकेट विश्व कप सुपर लिग २०२३ पछि लागू हुनेछ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया