आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

 असोज ५, २०७९ बुधबार ७:५५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम पूर्ण बद्ली भएको छ भने अन्य प्रदेशको मौसम सामान्य बद्ली भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । यस्तै, राति प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । भारतको उत्तर प्रदेश र नयाँ दिल्ली आसपासमा बनेको न्यून चापीय क्षेत्रका कारण अहिले देशभरको मौसम बद्ली भएको हो ।

यहि प्रणालीका कारण दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । यस्तै, राति भने उडिसा र पश्चिममा बंगालमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले पानी पर्ने उहाँको भनाइ छ । मौसमविद्ले ठूलो वर्षा हुने प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया