अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ ह्वेल मरे

 असोज ५, २०७९ बुधबार १०:३७:५३ | एजेन्सी
unn.prixa.net

अस्ट्रेलियाको समुद्री तटमा फसेका १४ स्पर्म ह्वेल मरेका छन् । वन्यजन्तु अन्वेषकहरूले तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा यसैहप्ता एक दर्जन भन्दा धेरै ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेका जनाएका छन् ।

तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए । वन्यजन्तु संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका छन् । तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेको फेला नपरेको अनुसन्धान टोलीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनीहरुले फसेका ह्वेलको उद्धार कार्यमा केही ढिलासुस्ती भएकोतर्फ चिन्ता जनाएका छन् ।

सन् २०२० मा पश्चिम तस्मानियामा ४ सय ७० ह्वेल फसेका थिए ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया