फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
रुसमा आंशिकरूपमा सेना परिचालन गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिकरूपमा सेना परिचालन गर्ने घोषणा गर्नुभएको हो ।
युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ । ‘मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिदै आंशिकरूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ’, उहाँले भन्नुभएको छ ।
उहाँका अनुसार देशमा आंशिकरूपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले देशभरि आंशिकरूपमा सेना परिचालन गर्ने निर्णय आजैदेखि लागू हुने पनि जानकारी दिनुभयो । उहाँले दोहोर्याउँदै भन्नुभयो, ‘म फेरि पनि भन्छु, अहिले आंशिकरूपमा मात्रै सेना परिचालन गरिएको हो ।’ उहाँले शान्तिपूर्ण निकासका लागि किएभ तयार नभएको बताउँदै त्यही नै मुख्य समस्या भएको टिप्पणी गर्नुभयो ।
सम्बोधनको सुरुमा राष्ट्रपति पुटिनले रुसलाई ध्वस्त पार्न पश्चिमी देशहरू सक्रिय भएर लागिरहेको आरोप पनि लगाउनुभयो । ‘उनीहरू हामीलाई पहिला टुक्र्याउन चाहन्छन्, त्यसपछि ध्वस्त पार्न चाहन्छन्’, उहाँले सम्बोधनका क्रममा भन्नुभयो ।
पश्चिमी देशहरूले यसअघि सन् १९९१ मा तत्कालीन सोभियत सङ्घ रहेको बेलामा पनि त्यो कुरा सिधै भन्ने गरेको पनि उहाँले स्मरण गर्नुभयो ।
रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरूले चर्को विरोध गर्दै आएका छन् । उनीहरूले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।