भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – बढ्दो तनावका बीच रुस र युक्रेनले ठूलो सङ्ख्यामा कैदीबन्दी आदानप्रदान गरेका छन् । रुसले कब्जामा लिएका आजोभ बटालियनका कमान्डरसहित दुई सय १५ जना कैदी युक्रेनलाई हस्तान्तरण गरेको छ भने युक्रेनले पनि ५५ जना रुसी लडाकु र रुस समर्थित लडाकुलाई फिर्ता गरेको बीबीसीले जनाएको छ ।
दुई देशले आदानप्रदान गरेका कैदीबन्दीको सङ्ख्या गएको फेब्रुअरीमा युद्ध सुरु भएयताकै धेरै हो । रुसले फिर्ता गरेका आजोभ बटालियनका कमान्डरले मारियोपोलको विशाल स्टिल कारखानाबाट हप्तौँसम्म रुसी आक्रमणको सामना गर्दै सहरलाई बचाउने प्रयास गरेका थिए । युक्रेनले आजोभ बटालियनलाई राष्ट्र नायकको सम्मान दिइसकेको छ ।
यस्तै युक्रेनले एक जना रुस समर्थित राजनीतिज्ञ भिक्टर भेदवेदचुकलाई पनि देश निकाला गरेर रुस पठाइदिएको छ । भिक्टर युक्रेनका व्यापारी हुन् जसले युक्रेनलाई रुसमा गाभ्ने अभियानसहित वर्षाैँदेखि एक राजनीतिक दलको नेतृत्व गरेका थिए । युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री यमार्कले टर्की र साउदी अरबको मध्यस्थतामा भएको वार्ताका कारण ठूलो सङ्ख्यामा कैदीबन्दी साटासाट भएको भन्दै यसलाई ठूलो सफलताका रूपमा लिएको बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले तीन लाख जना 'रिजर्भ' सेना परिचालन गर्ने र युक्रेनमा कब्जा गरिएका सहरमा जनमत सङ्ग्रह गरेर रुसमा गाभ्ने निर्णय गरेको दोस्रो दिनमा नै भएको कैदी साटासाटको निर्णयलाई निकै महत्त्वका साथ हेरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।