रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग

 असोज ६, २०७९ बिहिबार १६:३४:४१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गर्नुभएको छ ।     संयुक्त राष्ट्र सङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राख्नुभएको हो । 

रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको ज्यान गएको र लाखौँ विस्थापित भएका उहाँले जानकारी दिनुभयो । ‘रुसले युक्रेन र युक्रेनी जनताविरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ’, उहाँले भन्नुभयो । 

यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनुपर्ने राष्ट्रपति जेलेनेस्कीको भनाइ छ । रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले ज्यान गुमाएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उहाँले तर्क गर्नुभयो ।   

रुसले आफ्नो देशमा आंशिकरूपमा सेना परिचालन गरेको घोषणा गरेकै बेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गर्नुभएको हो । 

रुसले युक्रेनमा गएको फेब्रअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको सङ्ख्यामा पनि वृद्धि गरेको छ । 

अमेरिकाको न्युयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ । महासभा यही सेप्टेम्बर २७ सम्म चल्ने भएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया