जापानमा आँधीका कारण दुई जनाको ज्यान गयो

 असोज ९, २०७९ आइतबार ९:५७:५९ | एजेन्सी
unn.prixa.net

जापानको शिजुओका प्रिफेक्चरमा आएको आँधी टालासका कारण दुई जनाको ज्यान गएको छ।

काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको ज्यान गएको र अर्का २९ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको क्योडो न्युजले उल्लेख गरेको छ । हजारौँ घरपरिवार प्रभावित भएका छन् । धेरै ठाउँमा विद्युत् विच्छेद भएको छ ।

झन्डै एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको छ । राजधानी टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको चेतावनी जारी गरिएको छ । जापानमा अघिल्लो हप्ता आएको नानमाडोल आँधीका कारण चार जनाको ज्यान गएको थियो । सयभन्दा धेरै नागरिक घाइते भएका थिए।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया