बङ्ग्लादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गयो

 असोज ९, २०७९ आइतबार १७:३९:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्ग्लादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । डुङ्गा पल्टिँदा अरू कैयाैँ हराइरहेका बङ्ग्लादेशका अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । 

राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा दिउँसो डुङ्गा पल्टिएको हो । महिला र बालबालिकासमेत गरी २३ जनाको शव निकालिएको र खोजी कार्य भइरहेको पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया