रुसको एक विद्यालयमा गोली चल्दा ७ बालबालिकासहित १४ जनाको ज्यान गयो

 असोज १०, २०७९ सोमबार १६:१४:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मध्य रुसको इजेभस्क सहरको एक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये सात जना बालबालिका र दुई जना सुरक्षा गार्डसमेत रहेका समाचार संस्था एएफपीले जनाएको छ । अन्धाधुन्ध गाेली चलाउँदा २१ जना घाइते भएका छन् ।

गोली चलाउने व्यक्तिले आफैँलाई पनि गोली हानेका खबरमा उल्लेख छ । विद्यालयमा एक हजार जना विद्यार्थी अध्ययनरत छन् । रसियाली सञ्चारमाध्यमले पोस्ट गरेका भिडिओमा गोलीबारी भएको भवनभित्र आतङ्क देखिएको छ ।

अहिले विद्यालय भवनबाट कर्मचारी र विद्यार्थीलाई बाहिर निकालिएको र घटनाको अनुसन्धान थालिएको रुसी प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया