फावाखोलामा पुल बनेपछि ताप्लेजुङवासीलाई अर्को जिल्ला घुमेर यात्रा गर्नुपर्ने बाध्यता हट्यो

 असोज ११, २०७९ मंगलबार १५:४६:५२ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको पूर्वी गाउँपालिकाहरूको सिमानामा रहेको फावाखोलामा मोटरेबल पुल बनेपछि अब अर्को जिल्ला घुमेर यात्रा गर्नुपर्र्ने बाध्यता हटेको छ । प्रदेश १ का उद्योग, श्रम  तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङ्गामले पुल उद्घाटन गर्नुभयो । 

पुल नहुँदा सिरिजंघा आउजाउ गर्न पाँचथरको सिंहपुर, भालुचोक, गणेश चोक थर्पु हुँदै काबेली खोला तरेर घुम्नुपर्ने बाध्यता थियो । अब भने ताप्लेलुङ जिल्लाबाट नै सिरिजंघा पुगिने छ । 

फुङलिङ नगरपालिका ११ फावाखोला र सिरिजंघा गाउँपालिका ३ सिकैचाको बीचमा रहेको फावाखोलामा पुल निर्माण सम्पन्न भएको हो । पुल बनेपछि दुई पालिकामात्र नभइ कञ्चजंघा हिमाल चढ्न पुग्ने पर्यटकका लागि पनि यो पुल सहज बनेको छ ।  

पुल बनेसँगै स्थानीयवासी खुसी भएका छन् । स्थानीयवासी नेत्र बोखिम भन्नुहुन्छ, ‘आफूले उत्पादन गरेका अलैँचीलगायतका नगदेबाली सदरमुकाम पुर्‍याउन एक दिन अर्काे जिल्ला घुमाउनुपर्ने थियो अब सिधै पु¥याउन सकिने भएको छ ।’ 

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय पाँचथरले पाँच करोड ५७ लाख ८८ हजार रुपैयाँमा रायमाझी हिमालयन÷जे.भी. कन्स्ट्रक्शनलाई २०७४ असोज १४ गते ठेक्का लगाएको थियो । यो पुल २६ दशमलव २० मिटर लम्बाइ र ७ दशमलव ५ मिटर चौडाइको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया