इयान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित, क्युबामा दुई जनाको ज्यान गयो

 असोज १३, २०७९ बिहिबार ८:५२:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इयान आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्य प्रभावित भएको छ । फ्लोरिडाको दक्षिण पश्चिम क्षेत्रमा २ सय ४१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको आँधीले विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको बीबीसीले जनाएको छ ।

फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले आँधीको बाटोमा रहेका मानिसलाई सुरक्षित ठाउँमा जान अनुरोध गर्नुभएको छ । अमेरिकी सीमा गस्तीले आँधीमा जहाज डुबेपछि हराइरहेका २३ जना आप्रवासीको खोजी गरिरहेको छ ।

आँधीका कारण फ्लोरिडाका १८ लाखभन्दा धेरै उपभोक्ताले बिजुली प्रयोग गर्न पाएका छैनन् । आँधीका कारण फ्लोरिडामा सडक प्रभावित भएसँगै हवाई तथा स्थलगत यातायात सेवा पनि बन्द भएको छ । विद्यालय पनि बन्द गरिएको छ । विद्यालय तथा सार्वजनिक भवनहरुमा नागरिकलाई राखिएको छ । क्युबामा आँधीका कारण दुई जनाको ज्यान गएको विवरण प्राप्त भएको खबरमा उल्लेख छ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया