अमेरिकामा समुद्री आँधी इयानका कारण कम्तीमा १० जनाको ज्यान गयो

 असोज १४, २०७९ शुक्रबार ८:३९:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाको फ्लोरिडामा आएको इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तीमा १० जनाको ज्यान गएको छ । केही मानिस बेपत्ता भएको अनुमान गरिएको छ ।

घर, भवन, सडक र पुलहरुमा क्षति पुगेको छ । इयान आँधीका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आँधीबाट झण्डै २६ लाख मानिस प्रभावित भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इतिहासमै सबैभन्दा खराब समुद्री आँधीबाट जनधनको क्षति हुन पुगेको बताउनुभएको छ ।

आँधी फ्लोरिडाबाट जर्जिया र साउथ क्यारोलिनातर्फ अघि बढिरहेकाले ती राज्यहरुमा पनि उच्च सतर्कता अपनाउन भनिएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया