पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
रुसले आज युक्रेनका चार वटा भू–भाग गाभिएको औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डाेनेट्स्क, जापोरिजिया र खेअर्सनलाई औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।
राजधानी मस्कोको रेड स्क्वायरमा घोषणा कार्यक्रमका लागि मञ्च तयार पारिएको छ । यसअघि भएको जनमत सङ्ग्रहमा ती क्षेत्रका धेरैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीले दाबी गरेका छन् । रुसको पछिल्लो कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमको झल्को दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो जनमत सङ्ग्रहको कुनै अर्थ नभएको र त्यसले वास्तविकतालाई परिवर्तन गर्न नसक्ने बताउनुभएको छ ।
अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमा शक्तिले क्राइमियाको जस्तै यो पटकको जनमत सङ्ग्रहलाई पनि अवैधानिक घोषणा गरिसकेका छन् । अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरू लगाउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनी भू–भागमा गरेको दाबीलाई कहिल्यै पनि मान्यता नदिने स्पष्ट पार्नु भएको छ ।
यसअघि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुटेरेसले पनि रुसलाई युक्रेनी भू–भाग विलयको योजनाबाट पछि हट्न आग्रह गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।