टी–२० विश्व कप जित्ने टिमले २० कराेड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

 असोज १४, २०७९ शुक्रबार १९:३८:१८ | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्ट्रेलियाकाे मेलबर्नमा हुने पुरुष टी–२० विश्व कपका लागि पुरस्कार राशिकाे घाेषणा गरेकाे छ । आईसीसीका अनुसार विश्व कप जित्ने टिमले २० कराेड रुपैयाँ (१६ लाख अमेरिकी डलर) भन्दा धेरै पाउने छ । 

यस्तै उपविजेताले यसकाे आधी अर्थात् आठ लाख अमेरिकी डलर पाउने छ । सेमिफाइनल पुग्ने टाेलीले चार लाख डलर पाउने आईसीसीले जनाएकाे छ । 

टी–२० विश्व कपमा १७ टिमले खेल्नेछन्, याे प्रतियाेगिता झन्डै एक महिनासम्म चल्ने छ । 

प्रतियाेगितामा आठ टिम सुपर १२ मा आउर बाहिर हुनेछन् । जसमा हरेक टिमले ७० हजार डलर पाउने छन् । 

सुपर १२ मा पुग्ने आठ टिममा अफगानिस्तान, अस्ट्रेलिया, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया