दशैँमा झिलीमिली काठमाण्डौ बजार (फोटोफिचर)

 असोज १५, २०७९ शनिबार १३:३२:३३ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दशैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलीमिली बनेको हो । सहरका ठूला सपिङ मलमा चङ्गैचङ्गा टाँगिएको छ  । बजारमा डमी पिङ,लट्टाईले सझिएको छ ।

बेलुकीपख सडकमा घुम्दा दीपावलीको झल्को दिने गरी बजारमा झिलीमिली बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिस्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ । लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यवसाय प्रतिष्ठानलाई सझाएका हुन् ।

दशैँ लागेसँगै काठमाण्डाैका विभिन्न ठाउँका बजारहरु सजिसजाउ देख्न सकिन्छ ।  काठमाण्डाै उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैँका लागि सामग्री किन्ने नागरिकको घुइँचो बढेको छ ।

काठमाण्डाै उपत्यकाबाट दशैँ मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैँ मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । अर्कातिर यही बेला विदेशबाट दशैँ मनाउन आउनेहरू पनि छन् । नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैँ पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ।

हेराैँ तस्बिरमा :

तस्बिर : न्युज एजेन्सी नेपाल

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया