भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
थाइल्यान्डकाे एउटा शिशु स्याहार केन्द्रमा बन्दुकधारीले जथाभाबी गोली चलाउँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ । १२ जना घाइते भएका छन् ।
उत्तर–पूर्वी सहर नोङ बुआ लम्फुमा रहेको एक प्री–स्कुल अर्थात् शिशु स्याहार केन्द्रमा गोली चलेको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये २३ जना बालबालिका रहेका थाइल्यान्डकाे प्रहरीले जनाएको छ । आक्रमणकारीले गोलीसँगै चक्कु समेतप्रहार गरेको बताइएको छ ।
आक्रमणकारी पूर्वप्रहरी रहेको र लागुऔषध प्रयोगकर्ता रहेको पाइएपछि प्रहरीले गएको वर्ष बर्खास्त गरेको थियो । घटनास्थलबाट गाडी लिएर भागेका आक्रमणकारीले आफू, श्रीमती तथा बच्चाको समेत हत्या गरेर आफैँलाई पनि गोली हानी आत्महत्या गरेका थाई सञ्चारमाध्ययमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।