यस वर्षकाे नाेबेल साहित्य पुरस्कार फ्रेन्च लेखिकालाई

 असोज २०, २०७९ बिहिबार १७:९:२४ | एजेन्सी
unn.prixa.net

यस वर्षकाे साहित्यतर्फकाे नाेबेल पुरस्कारकाे घाेषणा भएकाे छ । नाेबेल छनाेट समितिका अनुसार यस वर्षकाे नाेबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने भएकाे हाे । 

एनीले आफ्नाे लेखनकाे माध्यमबाट साहसिक 'क्लिनिकल एक्युटी' मा कैयाैँ लेख लेखेकी छिन् । उनले फ्रेन्च, अङ्ग्रेजीमा कैयाैँ उपन्यास पनि लेखेकी छिन् । 

‘लेख्नु एक राजनीतिक काम हाे, यसले हाम्राे आँखा खाेल्छ जसका कारण हामी सामाजिक असमानता देख्न सक्छाैँ’, एनी भन्छिन् । 

लेखिका एनीकाे जन्म सन् १९४० मा भएकाे थियाे । उनी नरमेडीकाे छाेटाे सहर यवेटाेटमा हुर्किएकी हुन् । जहाँ उनका आमाबुबा किराना पसल र क्याफे चलाउँथे । 

यो पुरस्कारको राशी एक करोड स्वीडिश क्रोनर अर्थात् नौ लाख १५ हजार अमेरिकी डलरभन्दा धेरै छ ।

सन् २०२१ काे साहित्यतर्फकाे नाेबेल पुरस्कार उपन्यासकार अब्दुलराजक गुरनाहलाई दिइएकाे थियाे । उनले उपनिवेशवादकाे प्रभाव, संस्कृतिलाई लिएर लेख लेखेका कारण याे पुरस्कार दिइएकाे थियाे । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया