याे वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको संशोधित अनुमान

 असोज २१, २०७९ शुक्रबार १५:६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व बैंकले नेपालको चालु आर्थिक वर्षमा नेपालको वृद्धिदर ५ दशमलव ८ प्रतिशत हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको 'साउथ एसिया इकोनोमिक फोकस' मा यसअघि गरिएको ३ दशमलव ७ प्रतिशतमात्र रहने प्रक्षेपणलाई संशोधन गरी यो वर्ष ५ दशलमव ८ प्रतिशत वृद्धिदर पुग्ने उल्लेख छ ।

कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनेको, सीमा नाकाबाट व्यापार सहज भएको र लगानीका लागि कर्जा प्रवाहको अवस्थालाई मध्यनजर गरेर नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको विश्व बैंकले जनाएको छ । यसलाई निकै महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन सकिने विज्ञहरूले बताएका छन् । किनकि आर्थिक वर्ष २०२० अर्थात् २०७६/७७ मा ३० वर्षमै पहिलो पटक नेपालको पहिलो आर्थिक सङ्कुचन माइनस २ दशमलव  ४ प्रतिशत भएलगत्तै बितेको आर्थिक वर्ष २०२१ अर्थात् २०७७/८० मा ३ दशमलव ८ प्रतिशतको बहाली हुँदै चालु आर्थिक वर्ष ५ दशमलव ८ प्रतिशतको वृद्धिदर हासिल हुने बैंकको संशोधित अनुमान छ ।

याे वर्ष मूल्यवृद्धि भने निकै उच्च भएको छ । गएकाे आर्थिक वर्षमा ३ दशमलव ६ प्रतिशतमा खुम्चिएको मूल्यवृद्धि रुस–युक्रेन युद्ध र आन्तरिक कारणले यो वर्ष ६ दशमलव ३ प्रतिशत पुग्ने बैंकको अनुमान छ । अपेक्षितभन्दा बढी मूल्यवृद्धिले घरायसी क्रय शक्ति घटाउने र आयात प्रतिबन्धको विस्तारले वृद्धिलाई सङ्कुचित बनाउने भन्दै बैंकले बढ्दो मूल्यवृद्धि र कृषि उत्पादनमा हुने जोखिमका कारण दिगो पुनर्बहाली अनिश्चित भएको टिप्पणी गरेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया