पूर्व मन्त्री पदम राईको निधन
मंसिर ९, २०८१ आइतबार
यस वर्षकाे नाेबेल शान्ति पुरस्कारकाे घाेषणा भएकाे छ । नाेबेल पुरस्कार कमिटीका अनुसार बेलारुसका मानव अधिकारकर्मी एलेस बियालियात्स्की, रुसकाे मानव अधिकार सङ्गठन 'मेमोरियल' र युक्रेनकाे मानव अधिकार सङ्गठन 'सिभिल लिबर्टिज' लाई यस वर्षकाे नाेबेल शान्ति पुरस्कार दिने निर्णय गरेकाे हाे ।
सम्मानकाे घाेषणा गर्दै नाेबेल पुरस्कार कमिटीले भनेकाे छ, ‘शान्ति पुरस्कारबाट सम्मानित व्यक्ति र संस्थाहरूले आआफ्नाे देशमा नागरिक समाजकाे प्रतिनिधित्व गर्छ । उनीहरूले वर्षाैँसम्म सत्ताकाे आलाेचना गर्दै नागरिककाे आधारभूत अधिकार संरक्षणका लागि काम गरेका छन् ।’
यस्तै बेलारुसी मानव अधिकारकर्मीका साथै रुस र युक्रेनका अधिकारवादी संस्थाले युद्ध अपराध र सत्ताकाे दुरुपयाेगकाे मामिलामा प्रतिवेदनका लागि उत्कृष्ट काम गरेकाे पुरस्कार कमिटीले जनाएकाे छ ।
अहिले अधिकारवादी बियालियात्स्की मुद्दा सुनुवाइ गरिनुअघिको थुनामा छन् । आउँदो डिसेम्बर १० तारिखमा उनीहरूलाई याे पुरस्कार दिइनेछ । यो पुरस्कारकाे राशि १० मिलियन स्वीडिश क्रोनर (झन्डै नौ लाख अमेरिकी डलर) रहेको छ ।
गएकाे वर्षको शान्ति पुरस्कार प्रेस स्वतन्त्रताका दुई विजेता फिलिपिन्सकी पत्रकार मारिया रेसा र उनका रुसी सहकर्मी दिमित्री मुरातोभलाई प्रदान गरिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।