रुसलाई क्राइमियासँग जोड्ने रेल तथा सडक पुलमार्गमा ठूलो विस्फोट, युक्रेनले आक्रमण गरेको आशङ्का

 असोज २२, २०७९ शनिबार १५:१५:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसलाई क्राइमियासँग जोड्ने रेल तथा सडक पुलमार्गमा ठूलो विस्फोट भएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरहरुमा केर्च पुलमा एउटा रेल भीषण आगलागी भएको देखिएको बीबीसीले जनाएको छ । छेउको सडक, पुल पनि क्षतिग्रस्त भएको देखिन्छ । पुलमा भएको विस्फोट तथा आगलागीकाे कारण अझै स्पष्ट भएको छैन ।

रुसी सरकारी सञ्चारमाध्यमले इन्धन ट्याङ्कमा आगो सल्किएको कारण सबै आवतजावत बन्द गरिएको बताएका छन् । केर्च पुलमार्गलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा उद्घाटन गर्नुभएको थियो । सन् २०१४ मा क्राइमियालाई रुसले आफ्नो देशमा गाभेको हो । रुसले केर्च पुलबाट सैन्य सामग्री युक्रेनमा ओसारपसार गर्ने हुनाले त्यसलाई युक्रेनी फौजले निशाना बनाइरहेका थिए ।

यसैबीच, युक्रेनका राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले पुलको क्षतिलाई सुरुवात मात्रै भन्नुभएको छ । तर प्रत्यक्ष रूपमा युक्रेनले आक्रमण गरेको भने उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘सबै अवैधानिक संरचना नष्ट गरिनुपर्छ, रुसले लुटेको सबै क्षेत्र युक्रेनमा फिर्ता गरिनुपर्छ ’ उहाँले भन्नुभएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया