विस्फाेटपछि बन्द रहेको रुस र क्राइमिया जोड्ने केर्च पुल आंशिक रुपमा सञ्चालन

 असोज २३, २०७९ आइतबार १०:४४:१८ | एजेन्सी
unn.prixa.net

ठूलो विस्फाेटपछि बन्द रहेको रुस र क्राइमिया जोड्ने युरोपकै सबैभन्दा लामो केर्च पुल आंशिक रुपमा सञ्चालनमा आएको छ । हिजो दिउँसो भएको कार बम विस्फाेटपछि सडक तथा रेलमार्गसमेत रहेको केर्च पुलमा क्षति पुगेको थियो भने केही रेलमा आगलागी भएको थियो।

क्राइमियालाई रुससँग जोड्ने एकमात्र पुल भत्किएपछि रुसले कब्जा गरेका युक्रेनका खेअर्सन लगायतका क्षेत्रमा आपूर्ति नै ठप्प हुने पश्चिमा देशले अनुमान गरेका थिए । तर गएरातिदेखि नै पुलमा साना गाडी सञ्चालन भएको र ट्राफिक लाइट बलेको भिडिओ रुसी विदेश मन्त्रालयले सार्वजनिक गरेको छ । पुल र रेलमार्गलाई चाँडै मर्मत गरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने रुसले जनाएको छ।

पुलमा कस्ले विस्फाेट गरायो भन्ने अनुसन्धान भइरहेको छ। तर युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका सल्लाहकारले भने आफ्नो देशले आक्रमण गरेको सङ्केत गर्दै अब रुसले लुटेका सबै वस्तु नष्ट गरिने  र गुमेका क्षेत्र फिर्ता गरिने उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ।

रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफ्नो देशमा गाभेपछि क्राइमिया जोड्न र विजयको प्रतिकको रुपमा समुद्रमाथि युरोपकै लामो पुल बनाएको थियो । पुल सन् २०१८ देखि सञ्चालनमा रहेको थियाे।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया