पहिरोका कारण सुदूरपश्चिमका मुख्य राजमार्ग बन्द

 असोज २३, २०७९ आइतबार ११:५:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पहिरोका कारण सुदूरपश्चिमका मुख्य राजमार्ग बन्द भएका छन् । डडेलधुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग बन्द भएकाे जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ । लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरु बन्द भएका छन् । यस्तै, पहिरो जाँदा महाकाली राजमार्ग पनि बन्द भएको छ ।

आज बिहान खसेको पहिराेले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक बन्द भएको हो । सडक खुलाउन उपकरण पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

राजमार्ग बन्द हुँदा लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् भने यात्रु बीच बाटोमै अलपत्र परेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत् सेवासमेत बन्द हुँदै आएको छ। लगातार ठूलो वर्षा भइरहेकाले बन्द भएका सडक, विद्युत् लगायतका सेवा चाँडो सञ्चालन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ। 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया