कास्कीमा गठबन्धनले उम्मेदवारकाे टुङ्गो लगायाे

 असोज २३, २०७९ आइतबार ११:१०:३४ | सागर राज तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै - गठबन्धनले कास्कीमा उम्मेदवारकाे टुङ्गो लगाएको छ । एमालेले उम्मेदवार टुङ्ग्याएको २ दिनपछि गठबन्धनका उम्मेदवारहरुले टिकट पाएका हुन् ।

गठबन्धनबाट कास्की १ कांग्रेस, २ एकीकृत समाजवादी र ३ माओवादीले पाएको छ । प्रदेश सभा तर्फ १ (क), २ (क) र ३ (क) माओवादीले पाएको छ भने १ (ख), २ (ख) र ३ (ख) कांग्रेसले टिकट पाएको छ । यहाँबाट कास्की १ मा किशाेरदत्त बराल, २ मा श्रीनाथ बराल र ३ मा रामजीप्रसाद बराल उम्मेदवार भएका छन् ।

१ (क) मा दीपक कोइराला, (ख) मा दीपक गुरुङ, २ (क) मा विश्वप्रकाश लामिछाने, (ख) मा विन्दुकुमार थापा, ३ (क) मा दुर्गादत्त भण्डारी र (ख) मा प्रकाश बरालले टिकट पाएका छन् । एमालेले कास्की १ बाट मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर बैरागीलाई टिकट दिएको छ भने प्रदेशतर्फ १ (क) मा खगराज अधिकारी (ख) मा वेदबहादुर अधिकारी २ (क) मा भीम कार्की, (ख) मा मिना गुरुङ, ३ (क) मा गणेशमान गुरुङ र (ख) मा राजीव पहारीले टिकट पाएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया