दशैँ बिदापछिकाे पहिलाे दिन शेयर बजार साढे ४४ अङ्कले बढ्याे

 असोज २३, २०७९ आइतबार १५:२०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँ बिदा सुरु हुनुअघि निरन्तर घटेको शेयर बजार दशैँ बिदा सकिएपछिकाे पहिलो दिन आज आइतवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ६२ अङ्कले बढेर एक हजार आठ सय ९८ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकममा भने धेरै सुधार भएन । आज दुई सय २४ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता शेयर ८३ करोड ६८ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स लिमिटेडको २२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज सप्तकोसी विकास बैंक र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि ग्लोबल आईएमई ब्यालेन्स फन्डकाे शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया