नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट सुरु : मधेश प्रदेशको विजयी सुरुवात

 असोज २३, २०७९ आइतबार १७:५३:१७ | सागर राज तिमिल्सिना
unn.prixa.net

काठमाण्डौ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आजदेखि सुरु भएको छ ।

पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा मधेश प्रदेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ ।

मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै अलआउट भयो । गण्डकी प्रदेशका लागि शीला क्षेत्रीले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

मधेश प्रदेशकी अनुराधा चौधरीले ४ विकेट लिइन । कविता गौतम र शान्ति चौधरीले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो ।

मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रन बनाइन् । गण्डकी प्रदेशकी आकृती तिवारीले ३ विकेट लिइन ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया