रुसले युक्रेनमा हिजो गरेको क्षेप्यास्त्र आक्रमण पूर्णरुपमा अस्वीकार्य रहेको अमेरिकाको प्रतिक्रिया

 असोज २५, २०७९ मंगलबार ६:५५:६ | एजेन्सी
unn.prixa.net

अमेरिकाले युक्रेनको राजधानी किभसहितका सहरहरुमा हिजो भएको क्षेप्यास्त्र आक्रमण पूर्ण रुपमा अस्वीकार्य भन्दै अब युक्रेनको समर्थनमा बोल्ने बेला आएको बताएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केलने विज्ञप्ति निकालेर युक्रेनमा रुसको आक्रमणले गम्भीर नैतिक मुद्दा प्रस्तुत गरेको भन्दै अन्तर्राष्ट्रिय समुदाय युक्रेनको समर्थनमा बोल्नुपर्ने बताउनुभएको हो ।

विज्ञप्तिमा यो तटस्थताको दाबीमा जोगिने, आफू अनुकूल बोल्ने वा द्विअर्थी कुरा गर्ने समय नभएको भन्दै रुसी आक्रमणका कारण संयुक्त राष्ट्र सङ्घको बडापत्रका मूलभूत सिद्धान्तहरू खतरामा परेको उल्लेख छ।

हिजो बिहान रुसले युक्रेनी राजधानी किभसहितका सहरलाई लक्षित गरी ८३ वटा क्षेप्यास्त्र आक्रमण गरेकोमा ४३ वटालाई बीचमै ध्वस्त बनाइएको र बाँकी विस्फोट भएका युक्रेनी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणबाट १४ जनाको ज्यान गएको पुष्टि भएको छ । अरु कयौँको ज्यान गएको र धेरै घाइते भएका अनुमान गरिएको र उद्धार कार्य चलिरहेको युक्रेनी अधिकारीहरुले बताएका छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Pulami

    Oct. 11, 2022, 7:20 a.m.

    तो जामा लगाउने अमेरिका तेरो पक्ष मा किन सबै बोलनी एकलै कराएर बस्न

  •  0 Reply

तपाईको प्रतिक्रिया