युक्रेनकाे राजधानी किभमा आज पनि रुसकाे मिसाइल आक्रमण जारी

 असोज २५, २०७९ मंगलबार १५:५:५८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनको राजधानी किभमा आज मङ्गलवार दोस्रो दिन पनि रुसले मिसाइल आक्रमण जारी राखेको छ । हिजो साेमवार भएका थुप्रै मिसाइल आक्रमणका कारण १९ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।

आज पनि युक्रेनको राजधानी किभको मध्य भागमा रुसले बिहानै मिसाइल हानेको बीबीसीले जनाएको छ । आजको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने थुप्रै संरचना ध्वस्त भएका छन् ।

राजधानीमा खतराका साइरन बजिरहेका छन् भने सरकारले नागरिकलाई बंकर र सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । साइरनलाई बेवास्ता नगर्न र आफूलाई सुरक्षित राख्न राष्ट्रपतिका सल्लाहकारले निर्देशन दिएको खबरमा उल्लेख छ ।

हिजो रुसले प्रहार गरेका ८३ वटामध्ये ४३ वटा मिसाइल खसालिदिएको दाबी गरेको युक्रेनले आज पनि थप चार वटा मिसाइल भुइँमा झर्न नपाउँदै खसालिदिएको दाबी गरेको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया