शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, कारोबार रकम घटेर ५५ करोड रुपैयाँमा सीमित

 असोज २५, २०७९ मंगलबार १५:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दोस्रो दिन आज मङ्गलवार पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । हिजो साेमवार २७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव शून्य ६ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव १६ विन्दुमा झरेको छ ।

आज व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय २९ वटा कम्पनीकाे १७ लाख ६८ हजार कित्ता शेयर ५५ करोड २८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज विन्ध्यवासिनी हाइड्रोपावर विकास कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरै र सिँगटी हाइड्रोको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि समिट लघुवित्त र अभियान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया