फेवातालबाट २ सय ट्रकभन्दा धेरै जलकुम्भी झार निकालियाे

 असोज २५, २०७९ मंगलबार १६:११:४० | सागर राज तिमिल्सिना
unn.prixa.net

तस्बिर : रासस

कास्की – पोखरा महानगरपालिकाले आज मङ्गलवारदेखि फेवाताल सरसफाइ महाअभियानमा सुरु गरेको छ । विभिन्न ३३ ठाउँबाट सुरु गरिएकाे यस महाअभियानमा पोखरा महानगरपालिकाका ३३ वटै वडाका जनप्रतिनिधिसहित पाँच हजार जनाभन्दा बढीले सक्रिय सहभागिता जनाएका छन् ।

फेवाताल सरसफाइका क्रममा भएको याे नागरिक सहभागितामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो । सबै ठाउँमा हेर्दा पाँच हजार बढीको सहभागिता रहेको देखिन्छ, पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भन्नुभयो, ‘सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो तर अन्तिमसम्म आइपुग्दा दुई सय बढी ट्रक फोहर सङ्कलन भएको छ ।’ महाअभियानको पहिलो दिन दुई सय बढी ट्रक जलकुम्भी झारलगायतको फोहर फेवातालबाट बाहिर निकालिएको उहाँले बताउनुभयाे । 

तालको झन्डै ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार आज अभियानका क्रममा निकालिएको छ । अभियानलाई निरन्तर गर्ने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडि बढ्ने मेयर आचार्यकाे भनाइ छ ।

फेवाताल सरसफाइ महाअभियानमा आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्था, सहकारी, बैङ्क तथा वित्तीय संस्था, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन संबद्ध सङ्घ–संस्थाको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया